विश्वविद्यालयका रजिस्ट्रार मल्ल निलम्बन प्रति प्रजातन्त्रबादी प्राध्यापक संघ कैलालीको आपत्ति - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विश्वविद्यालयका रजिस्ट्रार मल्ल निलम्बन प्रति प्रजातन्त्रबादी प्राध्यापक संघ कैलालीको आपत्ति



गोविन्द बीसी
धनगढी, कैलाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डाक्टर महेन्द्र मल्ललाई बिना कारण निलम्बन गरिएको प्रति प्रजातन्त्रबादी प्राध्यापक संघ कैलालीले आपत्ति जनाएको छ । संघका कैलाली जिल्ला अध्यक्ष मीन कुँवर र सचिव दामोदर कँडेलले शनिबार एक बिज्ञप्ती जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

तथ्यहिन, कपोकल्पित तथा निराधार आरोप लगाइ पूर्वाग्रही ढंगले ऐन, नियम बिपरित बिश्वबिद्यालयका कुलपति एवं प्रधानमन्त्रीद्वारा निलम्बन गरिएको बिज्ञप्तीमा भनिएको छ ।

षड्यन्त्रमूलक ढंगबाट रजिस्ट्रार मल्ललाई सरकारले निलम्बन गर्नु ऐन, नियम बिपरित गैर कानूनी हस्तक्षेप भएको प्रजातन्त्रबादी प्राध्यापक संघ कैलालीको ठहर छ ।
घटनालाई तुरुन्तै सच्चाउन नेपाल सरकारलाई सचेत गराउदछौं बिज्ञप्तीमा उल्लेख छ ।

शान्ति, सुशासन, भ्रष्टाचारमुक्त समाज, बिकास र समृद्धि तथा संस्थागत स्वायत्तता एवं प्राज्ञिक मूल्य मान्यता जस्ता न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै शैक्षिक क्षेत्रमाथि भएको ठाडो हस्तक्षेपले बिश्वविद्यालय नै दुई तिहाईको दम्भले राजनीतिक रणभूमि बनाउने निश्चित देखिएको संघको आरोप छ ।

साढे २ महिना अघि गएको असोज ७ गतेदेखि चर्किएको बिश्वविद्यालय रजिस्ट्रारको विवाद झनै चुलिदै जान थालेको छ । गैरकानूनी नियुक्ति खारेजीको माग गर्दै त्यसको भोलिपल्ट असोज ८ गते विश्वविद्यालयको स्ववियु, बिभिन्न विद्यार्थी संगठन र प्राध्यापकले थालेको आन्दोलन चर्किदै जान थालेको हो ।

अहिले झण्डै साढे २ महिना बित्यो, ताला खुलेको छैन। ‘समस्या समाधान गरेर ताला खोल्नुको साटो उल्टै रजिष्ट्रारलाई हटाउने प्रपञ्च रचिएको भन्दै यो विषय विवादित र आलोचित हुँदै आएको थियो ।

सरकारले रजिष्ट्रार डा. महेन्द्र मल्ललाई निलम्बन गर्दै उनको ठाउँमा शिक्षा संकायका डिन यामबहादुर कार्की नियुक्त गरिसकेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयले रजिष्ट्रार डा. मल्ललाई बर्खास्त गरेर कार्कीलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय स्वास्थ्य विभागमा सहप्राध्यापकका रुपमा कार्यरत कार्की यसअघि काजमा विश्वविद्यालयको शिक्षा शास्त्र संकायको डिन रहेका थिए भने, कार्की नेकपा निकट मानिन्छन् ।