विश्वप्रकाशले भने: यो विजय व्यक्ति र गुटको होइन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

विश्वप्रकाशले भने: यो विजय व्यक्ति र गुटको होइन



नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए ।

‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु,’ उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु ।’

कांग्रेस महामन्त्रीमा पहिलो नम्बरमा गगन थापा र दोस्रोमा विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको छ ।