विश्वप्रकाश पनि शेखरको टिममा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको समूहबाट विद्रोह गरेर डा. शेखर कोइरालाको समूहबाट महामन्त्री उठ्ने भएका छन् ।
कोइराला समूहले शर्मालाई महामन्त्री प्रस्ताव गरेपछि उनले ‘यस’ भनेका हुन् । देउवाले सिटौलासँग सहमति गरेर प्रदीप पौडेललाई महामन्त्री दिन राजी भएपछि शर्माले कोइराला क्याम्प रोजेका हुन् ।
कोइराला समूहबाट गगन थापा र शर्मालाई महामन्त्रीका उम्मेदवार बन्ने भएका हुन् । महामन्त्रीका अर्का आकांक्षी मिनेन्द्र रिजाललाई उपसभापतिमा उम्मेदवार दिन आग्रह गरिएको छ ।