विश्वलाई नेपालमा निम्तो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विश्वलाई नेपालमा निम्तो



काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि तयार पारिएको दशरथ रंगशालाबाट बुधबार विश्वलाई नेपाल भ्रमणमा आउन आह्वान गरिएको छ। देशका चर्चित नायक राजेश हमालले भव्यरुपमा सिँगारिएको रंगशाला मञ्चबाट अंग्रेजीमा प्रश्न गरे, ‘वल्र्ड, आर यु रेडी फर नेपाल (विश्व, तिमी नेपाल आउन तयार छौ)।’

देशका सातै प्रदेश र संघीय राजधानी काठमाडौंबाट एकसाथ थालनी भएको नेपाल भ्रमण वर्षको उद्घाटन समारोहले सम्पूर्ण नेपालीको साझा अभियान भएको छनक दिएको थियो।

नेपाल घुम्न आउने पर्यटकले यहाँका प्राकृतिक सौन्दर्य, वन्यजन्तु, साहसिक पर्यटनसँग साक्षात्कार त गर्छन् नै, त्योभन्दा बढी यहाँका नागरिकको मुस्कान पर्यटकका निम्ति बिर्सिनसक्नुको हुन्छ। यसैलाई हमालले आफ्नो आरम्भिक वक्तव्यमा उल्लेख गरेका थिए।

नेपालले उद्घाटन समारोहमा आफ्नो बहुधार्मिक र सांस्कृतिक छटासमेत विश्वसामु प्रस्तुत गरेको छ। हिन्दु, बौद्ध, किरात, मुस्लिम, कृस्चियनलगायतका सातै धर्मको प्रतिनिधित्व आफैंमा अनुपम संयोग थियो। सांस्कृतिक झाँकीले अनेकतामा एकताको सन्देश दिएको थियो।

मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको हो।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन हुने प्रचार गरिए पनि उनी उपस्थित भएनन्।

मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको छ।

समारोहमा राष्ट्रपति भण्डारीले दुई दशकदेखि स्थिर रहेको नेपालको पर्यटन क्षेत्रको विकास अघि बढाउन राष्ट्रिय लक्ष्यसहितको अभियान थालनी भएको जानकारी गराइन्। ‘पर्यटनलाई राष्ट्रिय अभियानको रुपमा विकास गर्दै देशभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन भ्रमण वर्ष महत्वपूर्ण हुनेछ’, उनले भनिन्, ‘हाम्रो देश भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण छ। यहाँका असंख्य नदीनाला, हिमाल, पहाड, झरना वन र वन्यजन्तुले संसारको ध्यान आकर्षण गरिरहेको छ।’

‘अतिथि देवो भवः’ को भावनाले यहाँ आउने पर्यटकमा नेपालप्रतिको गहिरो छाप रहने जनाउँदै उनले उक्त भावनालाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राखिन्। उनले भनिन्, ‘वसुदैव कुटुम्बकम्’लाई आत्मसात् गर्दै राष्ट्रले लिएको २० लाख पर्यटक नेपाल भियाउने अभियानमा सबैको साथ र समर्थन चाहिन्छ।’

नेपाल ‘लाइफ टाइम एचिभमेन्ट’ (जीवनभरिका स्मृति आर्जन) का निम्ति उपयुक्त गन्तव्य रहेको जानकारी दिँदै उनले नेपाल हरेक मौसममा भ्रमणका लागि संसारकै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरिन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई प्रस्थान विन्दुका रुपमा लिएर आगामी दशकलाई पर्यटन दशकका रुपमा मनाउने सरकारको तयारी रहेको जानकारी गराए।

‘पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन’, उनले भने, ‘हामीले २०२० लाई प्रस्थान विन्दु मान्नेछौं। नागरिक दैनिकमा खबर छ