विश्वराज पोखरेल एआइजी बढुवा: महानिरीक्षक बन्ने बाटो खुल्यो - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

विश्वराज पोखरेल एआइजी बढुवा: महानिरीक्षक बन्ने बाटो खुल्यो



काठमाडौँ-नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ।

बढुवा सिफारिस गरिएका डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

पोखरेल एआइजीमा बढुवा भएसंगै प्रहरी महानिरीक्षक बन्न बाटो खुलेको छ ।