विश्वप्रकाशको प्रश्न: द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

विश्वप्रकाशको प्रश्न: द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?



काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसले माडीमा सीता-रामको भव्य मूर्ति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कडा आलोचना गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उक्त निर्देशनप्रति निकै निर्मम आलोचना गरेका छन्। शर्माले ट्विट गर्दै भनेका छन् ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने, द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार?’

उनले अघि लेखेका छन्, ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?’

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधिसँग बालुवाटारमा शनिबार साँझ भएको करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यामै पर्ने दोहोर्‍याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएको विषय बाहिर आएको छ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्।