२०७६ असार ३, मङ्लबार

विश्वप्रकाशले भने: झापामा हारेको म काठमाडौंमा उम्मेदवार बन्न मिल्दैन

October 10, 2018
326 Views

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाडौंमा उम्मेदवार नबन्ने बताएका छन्।

 

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १  पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाडौं–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। झापामा शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राम कार्कीसँग पराजित भएका थिए।

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएका छन्। उनले राजीनामा दिएपछि वामदेवको प्रतिस्पर्धीको रुपमा विश्वप्रकाशको नाम चर्चामा आएको थियो। यसै सन्दर्भमा विश्वप्रकाशले आम शुभेच्छुकसँग माफी मागेका हुन्।

उनले माफी माग्दै व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्नु नहुने कुरामा जोड दिएका छन्।

‘माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश, काठमाडौंमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन’, विश्वप्रकाशले भनेका छन्, ‘व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’

सामाजिक सञ्जालमार्फत् विश्वप्रकाशले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। उनले फेसबुकमा थप लेखेका छन्, ‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई  तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो।’

Facebook Comments

सम्बन्धित खवर

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान
खेलकुद
shares3 views
खेलकुद
shares3 views

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान

himal post - २०७६, ३ असार १९:४६

एजेन्सी । विश्वकप क्रिकेटमा अफगान बलर रासिद खानले अहिलेसम्मकै बढी रन दिएका छन् । उनी विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने…

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने
समाचार
shares3 views
समाचार
shares3 views

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने

himal post - २०७६, ३ असार १९:३६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । संसदमा आफूले सम्बोधन…

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन
shares9 views
मनोरञ्जन
shares9 views

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)

himal post - २०७६, ३ असार १८:४५

विशाल पाण्डेय / कैलाली । नेपाली गीत सङ्गीतमा पछिल्लो समय निकै नै चर्चामा आएका गायक तथा मोडल हुन् हेमराज थापा…