एमाले एकताका लागि अन्तिमसम्म लागिरहेका छौँ: गोकर्ण विष्ट - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

एमाले एकताका लागि अन्तिमसम्म लागिरहेका छौँ: गोकर्ण विष्ट



काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको बिषयमा विभिन्न चर्चा बाहिर आइरहेका बेला आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने बताएका छन् । इमान्दार प्रयत्न गरेमात्रै पार्टी एकता जोगिने संकेत गर्दै विष्टले आफूहरू खटिरहेको संकेत गरेका छन्।

नेता विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने बताएका छन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्।

नेता विष्टले पछिल्लो समयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन्। तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको नाम छ।

विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ। राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’