सरकार ढाक्न खोज्दा विष्णु रिमालको यो बिजोग ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सरकार ढाक्न खोज्दा विष्णु रिमालको यो बिजोग !



काठमाडौं । बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ ।

सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता फेरि स्वतन्त्र मधेशको नारा घन्काउँदै हिँडेपछि ११ बुँदाको धज्जी उडेको छ ।

जेलबाट छुटेको २४ घण्टा नबित्दै सरकारले भब्य कार्यक्रम गरी स्वतन्त्र मधेशका अभियन्ता सिके राउतसंग गरेको सहमतिलाई शंकाको दृष्टिले हेर्ने नेताहरुप्रति सरकारले शत्रुको दृष्टिले नै हेर्ने गरेको छ ।

सोही क्रममा प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले सरकारको सहमतिप्रति शंका गर्ने त्यस्ता नेताहरुलाई नै ब्यङ्ग्य गर्दै कविता लेखेका छन् ।

सामाजिक संजाल ट्वीटरमा राखिएको उनको कविता यस्तो छ –
नेताहरू––
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन – हामी धन्य छौं
मुलुक जोगाउने ‘एक–से–एक उहॉ’हरू हुनुहुन्छ।

आङ्  सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’ को जन्म अघि
यो मुलुक कसरी जोगिए छ ?!