विष्णु रिजालले भने: ‘कसले पहिला हात छाड्यो ?’

काठमडाौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले स्थायी कमिटीको बैठक स्थगित् गरिएकोमा असन्तुष्टि पोखेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले सर्वसहमति वा विधिमा सहमति जुटाउन बैठकमा घनिभूत छलफल हुनुपर्नेमा बैठक स्थगित् गरेर जग हँसाउने काम भएको टिप्पणी गरेका छन् ।
उनले नेकपाका नेताहरू अब ‘कसले पहिला हात छाड्यो ?’ भनेर फिनी हराएकोमा होइन, दाना गन्नतिर सोझिन लाग्नुभएको हो त ? भन्ने प्रश्नसमेत उठाएका छन् ।
हेरौं रिजालको टिप्पणी यस्तो छ :


