ओलीलाई हटाएर तपाईंले देश चलाउनुस भन्दै विष्णु पौडेल माधव नेपालको घरमै पुगेपछि... - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

ओलीलाई हटाएर तपाईंले देश चलाउनुस भन्दै विष्णु पौडेल माधव नेपालको घरमै पुगेपछि…



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले नै प्रधानमन्त्री रहेका ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीले केहि गर्न नसक्ने र पार्टी पनि राम्रोसंग चलाउन नसकेको भन्दै उपाध्यक्ष गौतम र महासचिव पौडेलले नै आफूलाई प्रधानमन्त्री बनिदिनु पर्यो भन्दै आग्रह गर्न आएको खुलासा भएको छ ।

आइतबार कोटेश्वरमा आफूनिकट नेताहरूसँगको भेटमा नेता नेपालले उनीहरूले नै सबैभन्दा पहिले अफर ल्याएको खुलासा गरेका थिए ।

नेता नेपालले आफू निकट नेताहरूलाई बताएअनुसार वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनि भएन, केपी ओलीबाट देसको पार लागेन भनेका हुन्। त्यस बखत नेता नेपालले अहिले यस्तो बेला नभैसकेको भन्दै छलफल गरौला भन्दै उनीहरूलाई फर्केका थिए ।

नेता नेपालसंग गौतम र पौडेलले ओलीले नटेरेको, काम गर्न नसकेको, सिमित व्यक्तिको घेराभित्र रहेर सहि दिशा लिन नसकेको समेत आरोप लगाउँदै प्रधानमन्त्रीबाट तत्काल हटाउन माग गरेका थिए । नेपालले छलफल गरौंला भन्दा पनि उनीहरूले केपी शर्मा ओलीबाट पार्टी नचल्ने भन्दै चाँडै निर्णय गर्नुपर्ने जोड गरेको पनि नेता नेपालले बताएका थिए।

उनीहरूले त्यस्तो प्रस्ताव राखे पनि आफूले प्रधानमन्त्री बन्ने कुरालाई गम्भिरतापूर्वक नलिएको पनि नेता नेपालले छलफलमा बताएका थिए। आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर आएका नेताहरूले नै पछि दोहोरो भूमिका खेलेको पनि नेता नेपालले आरोप लगाएका थिए।

प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित सो भेलामा सरकारले ल्याएको अध्यादेश गलत भएकोले फिर्ता लिनुपर्ने र स्थायी कमिटी बैठक बोलाउनु पर्ने सहमति भएको थियो। वामदेव गौतमको भैंसेपाटी निवासमा वैशाख ११ गते भएको बैठकमा विष्णु पौडेल पनि उपस्थित थिए।

नेता नेपाल र उनीनिकट नेताहरूले विष्णु पौडेलले ओलीको निर्देशनमा दोहोरो भूमिका खेलेको निस्कर्ष निकालेका छन् ।