चुनावको मुखैमा एमालेका चारजना नेता चीन भ्रमणमा किन गए ?
काठमाडौं । स्थानीय चुनावको मुखैमा नेकपा एमालेका चारजना नेता चीन भ्रमणमा निस्किएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका चार नेता चीनको भ्रमणमा निस्किएको एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
चीनमा हुने कार्यक्रममका लागि उनीहरू चीन जाने भनिए पनि उनीहरूले राजनितिक भेटघाट समेत गर्न लागेको स्रोतले जनाएको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा उनीहरूको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
अमेरिकी सहयोग एमसीसीको विषयमा टठस्थ रहेपछि पछिल्लो समय एमालेलाई चीन परस्त भएको आरोप लाग्दै आएको छ ।
चार नेताको टोलीले चीनको कुन्मिङमा आयोजना हुने इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रममा भाग लिनेछ । त्यसपछि राजनितिक भेटघाटको कार्यक्रम हुनेछ ।
पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल रहेका छन् ।