ललितानिवास काण्ड : विष्णु पौडेललाई जोगाउन चलखेल - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ललितानिवास काण्ड : विष्णु पौडेललाई जोगाउन चलखेल



काठमाडौं – भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै पौडेललका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आशयको अभिव्यक्ति दिएपछि भूमाफियाले कब्जा गरेको ललितानिवास परिसरको बाँकी जग्गा पनि सरकारका नाममा आउनेमा आशंका बढेको छ । यसबाट ललितानिवासको जग्गा हिनामिनाको छानबिन पनि थप पेचिलो बन्ने देखिएको छ । यो समाचार नागरिकमा प्रकाशित छ ।