बिष्णु पौडेललाई गगन थापाको काउन्टर - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

बिष्णु पौडेललाई गगन थापाको काउन्टर



काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले नेकपाका महासचिव बिष्णु पौडेललाई बालुवाटारको जग्गा नै हल्लाउने तपाईंले हिम्मत छ भन्ने ? भन्दै प्रश्न गरेका छन् ।

सांसद थापाले नेकपाका महासचिव एवं सांसद विष्णु पौडेललाई आफूसँग वृद्धाभत्ताविरुद्ध बोल्ने हिम्मत भएको जवाफ दिए । सोमबार बजेटको समर्थन गर्दै पौडेलले प्रतिपक्षी कांग्रेसलाई वृद्धाभत्ताविरुद्ध बोल्न सक्ने हिम्मत छ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा थापाले भने, ‘बालुवाटारको जग्गा नै  हल्लाइदिने नेकपाका सांसदले वृद्धाभत्ताबारे बोल्ने हिम्मत छ ? भनेर सोध्नु भयो । मेरो हिम्मत छ । शेरबहादुर देउवाको सरकारले ६५ वर्षका उमेरका लाई पाँच हजार भत्ता बढाउँछु भन्दा हचुवाका भरमा बढाउन पाइँदैन भनेर विरोध गरेको मात्र होइन । ७० वर्षलाई आधार वर्ष बनाउनु पर्छ भनेर भन्ने सांसद मै हुँ ।’

उनले बजेटले सत्तारुढ नेकपाको आर्थिक नीति के हो भन्ने प्रष्ट नभएको जिकिर गरे । ‘बजेट पढेर नेकपा चिन्न सकिन्छ । नेकपाले देशलाई कहाँ लैजान चाहन्छ बजेट पढेर थाहा पाइँदैन । नेकपाको सिद्धान्त के हो ? स्वयम् नेताहरु सार्वजनिक मञ्चबाट खोजिरहेका छन्, थापाले भने ।

थापाले सामाजिक सुरक्षा भनेको नगद मात्र नएको उल्लेख गरे । थापाले भने, ‘सामाजिनक सुरक्षाभत्ता भनेको नगद मात्र होइन । ३० हजारको सामाजिक सुरक्षा भत्ता दिन सकिँदैन?’

संसदमा थापाले ६ करोडको विरोध गर्दैै भने, ‘विकाससँग जोडिन ६ करोड रुपैयाँ होइन । ६ अर्बको कार्यक्रम लिएर जाने नीति आउनुपर्छ । प्रधानमन्त्री र सभामुखले छानेर योजना लिने अनि हामीलाई ६ करोड लिएर मन्दिरको पर्खाल बनाउन भन्ने ?’

दुई तिहाइ बहुमतसहितको बलियो सरकारले अर्थतन्त्र सुधार गर्ने ठोस र दीर्घकालीन योजना पेश गर्नुको साट्टो सानातिना विषयमै अल्झिएको आरोप उनको छ ।