नेकपाका प्रमुख सचेतक बने विशाल भट्टराई - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेकपाका प्रमुख सचेतक बने विशाल भट्टराई



काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। ओलीले देव गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई नियुक्त गरेका हुन् ।

खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका भट्टराईलाई संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा सचेतकमा नियुक्त गरिएको हो।

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चबाट उल्टिएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग अर्को पक्ष माधव नेपाल–पुष्पकमल दाहालले माग गरेको अवस्थामा उनले यस्तो कदम चालेका हुन्।

संसद् बैठक १३ दिनभित्र बोलाउनुपर्ने अवस्थामा संसदीय दल र संसदमा आउने अविश्वासको प्रस्तावलाई हेरेर प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन्।