स्थानीय निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

स्थानीय निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने



काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन्। सोमबार पत्रकारसँग कुराकानीको क्रममा उनले एमालेले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रष्ट पारेका हुन्।

एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यस पटकको यो स्थानीय तहको निर्वाचनमा चाहिँ हामी राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौं ।

एक्लै नेकपा एमाले लड्छ ।’भट्टराईले भने, ‘स्थानीय तहमा कतिपय स्थानीय आवश्यकता अनुसार स्थानीय राजनीतिक दलसँग हुने कार्यगत एकताबाहेक राष्ट्रियस्तरमा एमाले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौं।’