नेकपा एमाले नयाँ सरकार बनाउन चाहन्छ - विशाल भट्टराई - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

नेकपा एमाले नयाँ सरकार बनाउन चाहन्छ – विशाल भट्टराई



नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले नयाँ सरकार बनाउन पहल गरिरहेको बताएका छन् ।

बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘यो अप्राकृतिक गठबन्धनको सरकारले देशलाई दुख दिएको छ,’ भट्टराईले भने, ‘एमालेले यसलाई निकास दिने क्रममा नयाँ सरकार गठनको पहल गरिरहेको छ ।’

एमसीसी पास गर्ने कुरामा सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असहमति देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल बढाएका छन् ।

आज बसेको संसद बैठक भोलिका लागि स्थगित भएपछि देउवा र ओलीबीच संसद भवनभित्रै भेटघाट भएको थियो ।

भेटघाटमा ओलीले गठबन्धन तोडेर आए एमसीसीमा एमालेले सहयोग गर्ने बताएका छन् ।