पाकिस्तानको लाहोरमा विस्फोट - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

पाकिस्तानको लाहोरमा विस्फोट



पाकिस्तानको लाहोरमा विस्फोट भएको छ । पञ्जाब राज्यको लाहोरस्थित प्रमुख सुफी धार्मिक स्थलबाहिर विस्फोट भएको हो ।

घटनामा कम्तीमा तीन जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण एसियाकै ठूलो मध्येको सुफी धार्मिक स्थल दातादरबार नजिकै विस्फोट भएको हो । घटनामा प्रहरीसहित धेरै मानिस घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस घटनाको पूर्ण विवरण आउन बाँकी छ। फाइल तस्बिर