नेकपाकै सांसदले भने : सांसदलाई ६ करोडले पुग्दैन २० करोड चाहियो - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

नेकपाकै सांसदले भने : सांसदलाई ६ करोडले पुग्दैन २० करोड चाहियो



काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसदलाई दिएको ६ करोडले नपुग्ने बताएका छन् । उनले उक्त रकमलाई बढाएर २० करोड पुर्‍याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै नेकपा सांसद गणेश ठगुन्नाले उक्त कार्यक्रमको बजेट बढाएर आगामी दिनमा १५/२० करोड पुर्‍याउनुपर्ने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत निर्वाचन क्षेत्रमा खर्च गर्न ६ करोड बजेट छुट्याइएको छ । यो कार्यक्रमलाई जनताले मायाका साथ हेरेको भन्दै उनले यस कार्यक्रमबारे जथाभावी टिप्पणी गर्न नपाइनेसमेत बताए । ‘बाहिर रहेर संसदमा विचाराधीन विषयमा वकिल र पत्रकारले लेखेर यो कार्यक्रमका बारेमा टिप्पणी गर्न पाइदैन’ उनले भने ।