वीर अस्पतालका २ चिकित्सक कोरोना संक्रमित, ३५ जना क्वारेन्टाइमा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

वीर अस्पतालका २ चिकित्सक कोरोना संक्रमित, ३५ जना क्वारेन्टाइमा



काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणको भयानक रुप देखिन थालेको छ । प्राय सबै क्षेत्रमा संक्रमण बढ्न थालेपछि जनजीवन त्रासमा छ ।

काठमाडौंको वीर अस्पतालमा कार्यरत थप एक जना चिकित्सकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमा कोरोनाको संक्रमण पुष्टि भएको बताइएको छ । दुई तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरिरहेका ती चिकित्सकको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि हो।

अस्पतालकै एक डाक्टरका अनुसार यसअघि बिहीबार पनि एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो। यससंगै बिर अस्पतालमै संक्रमित हुने चिकित्सक २ पुगेका छन्।

अस्पतालमा कार्यरत दुई जना चिकित्सकमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।