वीरगञ्जमा एक व्यापारीको कोरोनाका कारण मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

वीरगञ्जमा एक व्यापारीको कोरोनाका कारण मृत्यु



पर्सा- वीरगञ्जका एक व्यापारीको मृत्यु भएको छ । कोरोना भाइरसको आरडिटी परिक्षणमा उनमा] पोजेटिभ देखिएको थियो ।

गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएका आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राती मृत्य भएको अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।

पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताए ।

पर्सामा समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको ५० सैया क्षमता भएकोे अस्थाइ कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरिएको छ ।