रुपन्देहीमा बर्डफ्लु हुनसक्ने शंकाले उच्च सतर्कता ! - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

रुपन्देहीमा बर्डफ्लु हुनसक्ने शंकाले उच्च सतर्कता !



बुटवल- नेपालमा रु ७० अर्बभन्दा बढी लगानी रहेको कुखुराजन्य क्षेत्रमा फेरी संकटको अवस्था देखिएको छ ।

चितनवको खैरनही नगरपालिका मा कुखुरामा बर्डफ्लु भेटिएपछि सोमबार रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको संयोजकत्वमा बसेको बैठकले रुपन्देहीका सीमा नाकाहरुमा उच्च सतर्कतका अपनाउने निर्णय गरेको छ।

सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रकाशन, प्रसारणसमेत गरिने निर्णय भएको जिल्ला पशु सेवा कार्यालय रुपन्देही जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यो संगै पन्देहीमा उच्च सतर्कता अपनाइएको छ।

कुनै पनि रोगको शंका लागेमा तुरुन्त जानकारी गराउनको लागि समेत रुपन्देही जिल्ला पशु सेवा कार्यालयले अनुरोध गरेको छ।

यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए। नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखापरेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो।