विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै
मोरङ, असार २३ ।
मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याईरहेका छन्भ ।
संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ४ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ ।
विराटनगरमा एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।