सबिता पोख्रेलको मौलिक तीज गीत 'बिरानो भो माइतीको अागनी' सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सबिता पोख्रेलको मौलिक तीज गीत ‘बिरानो भो माइतीको अागनी’ सार्वजनिक(भिडियो सहित)



काठमाडौं: नेपाली गीतसङ्गीत प्रेमी र नेपाली कलाकार माझ अत्यन्तै लोकप्रिय एवं परिचित नाम हो सबिता पोख्रेल ।

दशकौँदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको लागी चलिरहेको कलम यस्पाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज नेपाली जनहरूको घर आगानमा आइपुग्नै लाग्दा बास्तबिक तीजको धर्म  र मर्म बोकेको एक उत्कृष्ट तिज गीत सिर्जनामा उठेको छ सबिता प्रोख्रेलको ।

सानै उमेर देखि नेपाली साहित्य र गीत सिर्जना मा रुचि भएतापनि आफ्नो गीति सिर्जना रेकर्डिङको हिसाबमा पहिलो तीज गीत हुन पुगेको र गीत अत्यन्तै मिठो अनि मौलिक रहेकोबताउने सबिता म्युजिक खवर पाक्षिक र म्युजिक खवर डट कम कि सम्पादक समेत हुन् ।

तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीतजस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा बिगतका बर्षहरुको तुलनमा यो साल समग्रमा हेर्दा तीज गितहरुले आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने दर्शक श्रोता हरुको अनुभव छ । यसै क्रममा आज मात्रै बागबजारमा रहेको हेल्लो क्याफेमा शुभकामना म्युजिक प्रालिको प्रस्तुतिमा सबिता पोख्रेलको “बिरानो भो माइतिको आगनी” बिमोचन सम्पन्न भएको छ ।

उन्नति बोहरा सीलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिमोचन कार्यक्रममा यस गीतकी गीतकार सबिता पोख्रेलले आफु जन्मी हुर्की आएको आफ्नै गाउँ परिबेसको यथार्थतालाई संगीतको माधुर्यता संगै बजारमा ल्याउने कोसिश गरेको हुनाले आफ्नो पहिलो प्रयासमा कुनै कमि कमजोरी भएमा सच्याउने मौका सहित हौसला प्रदान गरिदिनुहुन सबै श्रोता एवम् दर्शकहरु माझ अनुरोध गरेकी छिन् ।

कार्यक्रम गायक शिब परियारको पनि उपस्थिति रहेको थियो । शिवले तीज गीत  भनेको चेलीको भाव प्रकट गर्ने गित हो, तर पछिल्लो समयमा पुरुष हाबी भएको नेपाली तिज गीतको भिडमा यस गीतले छुट्टै स्थान बनाउने कुरामा ढुक्क रहेको बताएका छन् । प्रमुख अतिथि उन्नति बोहरा सिलाले आफुले निकै उत्कृस्ट गीत सुन्न पाएकोले यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गरेकी थिइन । भरत बम्जन लागएतका अन्य धेरै कलाकारहरुले पनि संचारकर्मी एवम् गीतकार सबिता पोख्रेलको यो प्रयासलाई शुभकामना ब्यक्त गर्नुका साथै आगामी दिनहरुमा थप अन्य गीतहरुमा पनि उनको सिर्जना सुन्नका लागि आशाबादी रहेको बताएका छन् । उक्त बिमोचन कार्यक्रमलाई गीतकार एवम् संचारकर्मी राधिका अधिकारीले संचालन गरेको थिइन् ।

प्रस्तुत गीतमा बिभिन्न गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरेर लाखौं दर्शक श्रोता हरुको मन मुटुमा बस्न सफल गायिका काब्य आचार्यको सुमधुर स्वर रहेको छ भने काब्य आचार्यको नै लय सृजना रहेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । राजिब बलामीद्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन्