बिरामी परेका ओली फुटबल हेर्न रंगशाला पुगे - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

बिरामी परेका ओली फुटबल हेर्न रंगशाला पुगे



काठमाडौं- बिरामी परेको भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् ।

रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न ओली त्यहाँ पुगेको बताइएको छ ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ ।आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् ।

यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

शनिबार अध्यक्ष ओली बिरामी परेको विभित्र संचार माध्यमले जनाएका थिए । त्यसैदिन एक कार्यक्रममा ओलीले आफूलाई सामान्य ज्वोरो आएको बताएका थिए ।