गजलकारद्धय विपिन अनि नरेन्द्रको सातौँ महफिल सर्वनाममा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

गजलकारद्धय विपिन अनि नरेन्द्रको सातौँ महफिल सर्वनाममा



हिमाल पोस्ट/माघ ८ 

सर्वनाम थिएटर, साहित्य परिवार नेपाल मेडिकल कलेज प्रा.लि., मधुवन साहित्यिक प्रतिष्ठान नेपाल, शब्दघर छापाखाना, उर्वरा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा यही माघ ८ गते शनिबार दिनको २ बजे डोटीका गजलकारद्धय विपिन सलामी र नरेन्द्र विहानी महफिलको सातौँ श्रृङ्खलामा सहभागी हुनेछन् ।

जहाँ यी दुई गजलकारले आफ्ना २४ वटा गजल वाचन गर्नेछन् भने डोटीका गायक तथा संगीतकार विष्णु भट्टले डोटेली भाषाको गजललाई गायनमा प्रस्तुत गर्नुहुने छ ।

आफ्नै खबर पनि तमाम पाउँदैन

डुलुवा छ मन आराम पाउँदैन

जति देखाए पनि कैँचीको खेल

खेलाडीको दर्जा हजाम पाउँदैन

आफ्नो हातको नाडी छाम्छ,नशा छाम्छ

जब उसले अरु कुनै काम पाउँदैन

–विपिन सलामी

दुईटै काटिएपछि पखेटा के गर्छ

हिडँडुल गर्न बाहेक चरा के गर्छ

पानी खाएरै बितायो दिन जसोतसो

सोच्दैछु गरिब अब बेलुका के गर्छ

खुसी लुट्यो एउटा जिन्दगी लुट्यो

एकतर्फी प्रेमले अरू यो भन्दा के गर्छ

–नरेन्द्र विहानी