विप्लव समूह विध्वंसकारी हो :सरकार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विप्लव समूह विध्वंसकारी हो :सरकार



काठमाडौं –सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)लाई आपराधिक तथा विध्वंसकारी समूह घोषणा गरी उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी औपचारिक रूपमा पत्रकारहरूलाई जानकारी गराएको छ । यद्यपि उक्त निर्णय भएको खबर यसअघि नै सार्वजनिक भइसकेको थियो ।

मुलुकमा शान्ति र अमनचयन कायम गर्ने दायित्व पूरा गर्न सरकारले आपराधिक तथा विध्वंसकारी गतिविधि गर्ने समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।

सरकारले मन्त्रिपरिषद्को निर्णय बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै आएको छ । गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।