विप्लवले मेरो नक्कल गर्न खोज्नु भएको छ तर त्यो सम्भव छैन :प्रचण्ड - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

विप्लवले मेरो नक्कल गर्न खोज्नु भएको छ तर त्यो सम्भव छैन :प्रचण्ड



पोखरा । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कम्युनिष्ट नेतृत्वको सरकार समाजवादतर्फ अग्रसर रहेकाे बताउनु भएकाे छ ।

उहाँले सरकार समाजिक न्यया प्रतिवद्धता भएकाले वार्ता र संवाद गरी समस्याको समधान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले विप्लव समुहले यस्तो गतिविधि बढाई राखे राज्यले पनि चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो ।

सोमबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कम्युनिष्ट नेतृत्वको वार्ता र संवादको मध्यबाट मूलधारको राजनीतिमा आफ्नो कुरा राख्न आग्रह गर्नुभयो । सरकार–सिके राउतबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै उहाँले भन्नुभयाे, ‘सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास राम्रो हो,उहाँले भन्नुभयो,‘ तराईमा हुन सक्ने खतरालाई मध्यनगर राख्दै यस्तो सहमति भएको छ । आशंका गर्नुपर्ने कुरै छैन । यस विषयमा तरङगित हुनुपर्ने अवस्था देख्दिन ।’

विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।‘विप्लव जीलाई मैले नै सबैभन्दा बढी स्कुलिङ गरेको हो’ उहाँले भन्नुभयो,‘२५ वर्षसँगै काम गर्नुभएका विप्लवले मेरो नक्कल गर्न खोज्नु भएको छ ’उहाँले भन्नुभयो,‘ म पनि प्रचण्ड हुन्छ भन्ने मुर्खता हो । १० वर्षे जनयुद्धको कालखण्ड र अहिलेमा गुणात्मक फेरबदल आएको छ । यो पार लाग्ने बाटो होईन ।’