विप्लव पार्टीका रोल्पाली नेता चन्दा उठाउँदै गर्दा पक्राउ

सिराहा– विप्लव पार्टीका रोल्पाली नेता इन्द्रकुमार घर्ती शुक्रबार सिराहाबाट चन्दा रकमसहित पक्राउ परेका छन्। उनलाइ चन्दा उठाउँदै गर्दा पक्राउ गरेको सिरहाका एसपी जीवन श्रेष्ठले बताए।
प्रहरी टोलीले उनलाई ३१ हजार ९ सय रुपैयाँसहित चन्दादाताहरूको नाम तथा रकम उल्लेख भएको डायरीसहित पक्राउ गरेको हो।
४० वर्षीया घर्ती रोल्पा राङकोट गाउँपालिका ५ धनथानाका स्थानीय हुन्।
उनी विप्लव नेकपाका विशेष ब्यूरो कमिटी सदस्य तथा मगर मुक्तमोर्चा नेपालका केन्द्रीय महासचिव समेत हुन्।

