विप्लव नआउने भए राजधानीमा हुने सभामा
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा गर्ने सभामा विप्लव नै नआउने भएका छन् ।
मंसिर ८ गते विप्लवले राजधानीमा हुने सभामा विप्लवले सम्बोधन गर्ने भनेर प्रचार गरिए पनि सुरक्षा कारण विप्लव नआउने भएका हुन् । पार्टीका महासचिव नै सार्वजनिक हुँदा सुरक्षा निकायले कुनै एक्सन लिए के गर्ने भन्ने अन्यौल हुने र कार्यकर्तामा निरासा बढ्न सक्ने भन्दै विप्लवलाई सभामा सम्बोधनमा नजान भनिएको नेकपा नेतृत्वले जनाएको छ ।
सरकारसँग वार्ता गर्न विप्लव तयार त भएका छन् तर विभिन्न राज्यविप्लवमा विप्लवलाई पक्राउ पूर्जी पनि छ । विप्लवका ठाउँमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सम्बोधन गर्ने तयारी छ ।