विल्पब माओवादीको चेतावनी :सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

विल्पब माओवादीको चेतावनी :सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने



काठमाडौं। नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ।

विप्लव समुहले सलमानको कार्यक्रमले अनाबश्यक मदिराको प्रचार प्रसारको साथै तडक भडकको लागि दशौं हजारको टिकट बेचेर गर्न लागीएको कार्यक्रम आफुहरुलाई मान्य नभएको भन्दै तुरुन्त कार्यक्रम रोक्न माग गरेका छन् ।

विप्लव माओवादीसम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रम स्थगित गरीनुपर्ने र नगरीएमा कडा आन्दोलन घोषणा गर्ने जनाएको छ।

मार्च १० अर्थात फागूण २६ गते सलमान खान काठमाण्डौको टुँडिखेलमा आयोजना हुने कार्यक्रममा उपस्थित हुने कार्यक्रम रहेको छ ।