‘विप्लवलाई पक्राउ गर्नू’ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

‘विप्लवलाई पक्राउ गर्नू’



काठमाडौं । सरकारी वर्ता टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका अवैधानिक गतिविधि कडाइसाथ नियन्त्रण गर्न सुझाव सरकारलाई दिएको छ । पटक– पटक प्रयास गर्दा पनि वार्ता प्रक्रियामा सामेल नभएको भन्दै नियन्त्रण गर्न सुझाव दिएको हो ।

विभिन्न द्वन्द्व समूहसँग वार्ता गरी समाधान खोज्न गत भदौमा सरकाले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली बनाएको थियो । उक्त टोलीले नेकपालाई वार्ताको प्रक्रियामा ल्याउने पहल गरेको थियो ।

‘औपचारिक रुपमा धेरै नेताहरुसँग संवाद गरे पनि उक्त समुहले वार्तामका लागि सकरात्मक अग्रसरता नलिएको हुँदा प्रक्रिया अघि बढ्न सकेन’ वार्ता टोलीले सरकारलाई बुझाएको प्रतिवेदनमा छ , ‘यद्यपि आगामी दिनमा सो समूहसँग समेत संवादको प्रक्रियालाई निरन्तरता दिनुका साथै उक्त समूहका अवैधानिक गतिविधि नियन्त्रण गरी कानुन कार्यान्वयन प्रक्रियालाई कडाइका साथ अघि बढाउनु उपयुक्त हुने देखिन्छ ’। समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।