विप्लव समूह कञ्चनपुरका सेक्रेटरी भट्ट पक्राउ - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

विप्लव समूह कञ्चनपुरका सेक्रेटरी भट्ट पक्राउ



कञ्चनपुर – विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।

भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

‘पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौं’, उनले भने ।

कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए/नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु भएको प्रहरीले जनाएको छ ।

भट्टलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा राखिएको छ । रासस