विप्लवका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार ,गोली लागेर कार्यकर्ता घाइते
काठमाडौं । कपिलबस्तु शिवराज नगरपालिका –९ अन्चलपुरमा विप्लवका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।
बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुर्गाबहादुर रोका घाइते भएका छन् । घाइते राेकाकाे लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको घरबाट प्रहरीले २ पेस्तोल, १ सय ३० थान गोली, २ थान एमएजी बरामद गरेको छ ।फाईल तस्विर