प्रधानमन्त्री ओलीको आरोप : विप्लव लुटेरा समूह हो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओलीको आरोप : विप्लव लुटेरा समूह हो



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् ।

बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए ।

उनले विप्लव समुहले नेकपाको नै बेइजत गरेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले भने लुट्ने समुहले नेकपाको नाम बेचेको कत्ति पनि  सुहाएन कमसेकम लुटेरा समूह राखे यसको सहि अर्थ लाग्ने छ ।

ओलीले अगाडी भने राज्य छ राज्यको काम भनेको शान्ति र सुरक्षा कायम गर्ने हो त्यो जसरी पनि गर्छ । कसैको मुख हेर्दैन त्यसैले समयमै बुद्धि पुर्याएर शान्तिको बाटोमा हिड्न आग्रह गर्दछु ।