विप्लवको खोजी तीव्र
काठमाडौं – सरकारको निर्देशन अनुसार नेपाल प्रहरीको हेडक्वाटरले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई जहाँ भेटिन्छन त्यहिं पक्राउ गर्न आदेश दिएसंगै खोजी तीव्र पारीएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै यस्तो निर्णया गरिएको थियो।
नेपाल प्रहरीका अनुसार विप्लवलाई खोज्न र पक्राउ गर्न बिशेष टोली खटाइएको छ।
एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो ।
तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभर नै उनको खोजी तीव्र बनाएको छ ।
एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबैतिर खोजिरहेको छ, भेट्ने वित्तिकै हामी पक्राउ गर्छौं ।’