घोडाघोडीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ



सुखड,कैलाली । प्रतिबन्धित नेत्र विक्रम चन्द बिप्लपका दुई कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडले कैलालीको घोडाघोडी नगरपालिका – ८ बाट दुई कार्यकर्ता सोमबार पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरी नायव निरीक्षक बिष्णु महतराको नेतृत्वमा गस्ती गएर पम्प्लेट सहित टिबी लामिछाने भनिने टेक बहादुर बिक र दिनेश बिकलाई पक्राउ गरेको हो ।

टिबी लामिछाने भनिने टेक बहादुर बिक नेकपाको दलित मुक्ति मोर्चा एरिया संयोजक रहेको प्रहरीले जनाएको छ । उनी विरुद्ध यस अघि पनि दुई मद्धा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई सोमबार नै जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।