२०७६ जेष्ठ ११, शनिबार

घुसखोरलाई जनकारवाही गरिन्छ, ओली प्रचण्डको हत्या योजना छैन : विप्लव

March 14, 2019
113 Views

काठमाडौं । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको खण्डन गरेका हुन् ।

“दमनका लागि सरकारले तयार पारेको हतकण्डा हो,” कार्कीले भने, “कुनै दल विशेष, त्यसको नेतृत्वलाई लक्षित गर्ने कार्यक्रम पार्टीको सोह्रै आना छैन ।” सरकारले प्रतिबन्धको औचित्य पुष्टि गर्न अराजनीतिक, संविधान विरोधी गतिविधि गरिरहेको बताउँदै त्यही गतिविधिलाई औचित्यपूर्ण बनाउन योजना बनाइएको उनको भनाइ थियो ।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए । “त्यो केवल षड्यन्त्र हो । संविधान, ऐन कानुन विरोधी हर्कत हो,” उनले भने, “प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैँ डायरी तयार पार्न लागेको छ । प्रचण्ड र केपी ओलीको हत्या गर्ने भनेर कुनचाहिँले डायरीमा लेखेर हिँड्छ ? हाम्रो पार्टीमा छैन ।”

उनले दलभित्र रहेका भ्रष्ट दलालहरू घुसखोरलाई जनकारवाही गर्ने लक्ष्य भने रहेको बताए । “राष्ट्रिय सम्पत्ति दोहन गर्ने राष्ट्रिय सम्पत्ति हडप्ने, एनसेलको दोहन गर्ने, आयल निगम टाट पल्टाउने जनकारवाहीमा पर्छन्,” उनले भने, “तर भौतिक कारवाही र व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौँ ।”

Facebook Comments

सम्बन्धित खवर

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने

himal post - २०७६, ११ जेष्ठ २०:२३

बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको…

भारतमा लोकसभा विघटन
अन्तराष्ट्रिय
0 shares7 views
अन्तराष्ट्रिय
0 shares7 views

भारतमा लोकसभा विघटन

himal post - २०७६, ११ जेष्ठ २०:१४

काठमाडौं - भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७…

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा
अन्तराष्ट्रिय
0 shares20 views
अन्तराष्ट्रिय
0 shares20 views

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा

himal post - २०७६, ११ जेष्ठ १९:५९

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका…