विप्लव समुहद्वारा प्रहरी चौकी आक्रमण (अपडेट) - Himal Post Himal Post
  • १९ कार्तिक २०८१, सोमबार
  •      Mon Nov 4 2024
Logo

विप्लव समुहद्वारा प्रहरी चौकी आक्रमण (अपडेट)



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गरेका छन् । उसले कब्जा गर्ने उद्धेश्यसहित ‘जनयुद्ध’ शैलीमा चौकी आक्रमण गरेको हो । तर विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए ।

स्रोतका अनुसार, मध्यराति २५–३० जनाको समूह आक्रमण गर्नका लागि चौकी पुगेको थियो । तर विप्लव कार्यकर्ता त्यतिखेर छक्क परे, जतिखेर चौकी पूरै खाली थियो ।

स्रोत भन्छ, ‘आक्रमणको सूचना पाएकाले प्रहरीहरु हतियारसहित सुरक्षित स्थानमा गइसकेका थिए, त्यसैले कब्जाको रणनीति असफल भयो ।’
सो चौकी घटनास्थल सल्लेरीबाट करिब ८० किलोमिटर टाढा छ । त्यहाँ सात जना मात्र प्रहरी कार्यरत थिए

अहिले जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगिसकेको छ ।

फाइल तस्बिर