ओली सरकारमा जान विप्लव नेकपा तयार - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

ओली सरकारमा जान विप्लव नेकपा तयार



काठमाडौं- शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केहि माग सम्बोधन बहेको खण्डमा सरकारमा सहभागी हुने बताएको छ । संसद विघटन र चुनावबारे पार्टीको धारणा सार्वजनिक गदै विप्लवले शनिबार यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग वैज्ञानिक समाजवाद या संसदयि पूजीवादका विषयमा खुल्ला छलफल चलाउन पाउने समझदारी गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समुहले नयाँ राजनीतिक निकास खोज्नुपर्ने बताएको छ ।

संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भईसकेकोले अव त्यसको विकल्पमा जनमत संग्रहको बाटोवाट अगाडी जाने हो भने आफनो पार्टी संयुक्त सरकार निर्माण गरेर राजनीतिक निकास निकाल्नका लागि तयार रहेको विप्लवको वक्तब्यमा छ ।

विप्लवको पार्टीको केही अगाडी कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३१ नेता थप गर्ने, संसदयि पुजीवाद या वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने र त्यसका लागि संयुक्त सरकार निर्माण गर्नुपर्ने नारा पारित गरेको थियो ।

विप्लवले अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको भन्दै जनमत संग्रहकाट मात्र नयाँ राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । यही ब्यवस्थाको चुनावमा जाने कुराले समस्या सुल्झने होइन थप संकट निम्तने विप्लवको भनाई छ ।