चितवनमा विप्लवको अनिश्चितकालीन शैक्षिक हड्ताल - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

चितवनमा विप्लवको अनिश्चितकालीन शैक्षिक हड्ताल



चितवन– नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् ।

प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् ।

क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गरेको छ ।

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शिक्षण संस्थालाई नियमित सञ्चालन गर्न भनिएको बताउँदै शैक्षिक वातावरण कायम राख्न आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गरिने बताए ।रासस