सरकार विप्लवप्रति झनै कडा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार विप्लवप्रति झनै कडा



नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका छन्।

प्रधामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापालाई तीनवटै सुरक्षाका अंगका प्रमुखले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने राय दिएका छन्। बिफ्रिङपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा विप्लव समूहको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

गृहमन्त्रीको निर्देशन– शान्ति सुरक्षामा असर पर्ने काम गर्नेलाई जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, कानुनबमोजिम गर्नू, मुद्दा फितलो नबनाउनू।
आइतबार पनि गृहमन्त्रालयमा गृहमन्त्री थापासहित प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले विप्लव समूहको गतिविधिबारे लामो छलफल गरे। ‘विप्लव समूहले सशस्त्र हिंसा गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुले त्यसलाई निस्तेज पार्न गृहमन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएका छन्’, मन्त्रालय स्रोतले भन्यो । गृहमन्त्री थापाले शान्ति सुरक्षामा असर पर्ने काम गरे नियन्त्रणमा लिन निर्देशन दिएका छन्। ‘जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, प्रमाणसहित फेला परे कानुनबमोजिम गर्नू ’, गृहमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्नू। मुद्दा फितलो नबनाउनू ।’ विप्लव समूहलाई नियन्त्रणमा लिन संवादको कुनै माध्यम नपनाई तत्काल उसका नेता, कार्यकर्ता, समर्थकलाई गिरफ्तार गर्न मन्त्रीले निर्देशन दिएको स्रोतले बतायो । गृहमन्त्रालयका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले भने विप्लव समूहका कार्यकर्तालाई राजनीतिक संवादमार्फत मूल प्रवाहमा ल्याउने कोसिस भइरहेको छ। ‘विप्लवसहित राजनीतिको मूलधारभन्दा बाहिर रहेका थुप्रै समूहलाई राजनीतिक संवादका माध्यमबाट राज्यको मूलप्रवाहमा ल्याउन अधिकतम कोसिस कायमै राखेका छौं’, सुवेदीले भने । देशभर जुन किसिमका विस्फोट तथा अराजक गतिविधि भएका छन् त्यसमा विप्लव समूहका नेताकार्यकर्ता संलग्न रहेको मन्त्रालयसँग यथेष्ट प्रमाण रहेको पनि दाबी पनि उनले गरे।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध पहिला भोजपुर जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएको छ । निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको आरोपमा उनलाई अदालतले पक्राउ आदेश जारी गरेको हो । उनी फरार छन्।

केही साताअघि पनि सुरक्षा निकायका प्रमुखहरुले प्रधामन्त्री ओली र गृहमन्त्री थापालाई विप्लव समूहको गतिविधिबारे जानकारी गराएका थिए । विप्लव समूहले पश्चिम नेपालमा सैन्य तालिम गरिरहेको जानकारी पाएपछि सुरक्षा निकायका प्रमुखहरुले सुरुमा गृहमन्त्री र त्यसपछि प्रधामन्त्रीलाई बिफ्रिङ गरेका थिए। काठमाडौं, विराटनगर, नेपालगन्ज, बुटवलका व्यापारीले प्रधामन्त्रीलाई विप्लव समहूको चन्दाआतंक बढेको गुनासोसमेत गरेका छन्। यस विषयमा प्रधामन्त्री ओली र गृहमन्त्री थापाबीच आवश्यक छलफल भएपछि चन्दा असुलीको आरोपमा सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आइतबार काठमाडौ जिल्ला अदालतबाट चन्दा ऐन २०३० अन्तर्गत अनुसन्धान गर्न भन्दै उनलाई ३ म्याद थप गराएको छ। यसअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लगि ५ दिनको समय लिएको थियो । प्रहरीले विश्वकर्माले चन्दा उठाएर के–केमा खर्च गरेका छन भन्ने अनुसन्धान गर्न आर्थिक अपराध अनुसन्धानमा दक्षता हासिल गरेको टिम बनाएको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ। त्यहाँ उनीसँग बयान भने लिइएको छैन। ‘उनीमाथि सात करोडभन्दा बढी रकम चन्दा असुल गरेको आरोप छ। त्यसकारण आर्थिक अपराध अनुसन्धानमा दक्षता हासिल गरेका प्रहरी अधिकारीले अनुसन्धान गरिरहेका छन’, प्रहरी स्रोतले भन्यो।

गृह मन्त्रालय सल्लाहकार सुवेदीले कानुन कार्यान्वयन सिलसिलामा विश्वकर्मालाई पक्राउ गरिएको बताए। ‘गृहमन्त्रालय हुनुको नाताले शान्ति सुरक्षा कायम गर्नु पहिलो दायित्व हो, शान्तिसुरक्षा कायम गराउने सिलसिलामा उनलाई पक्राउ गरिएको हो’, उनल भने। सुवेदीका अनुसार विप्लव समूहका कार्यकर्ताविरुद्ध मुलुकभरका प्रहरी कार्यालयमा मुद्दा रहेका कारण प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। ‘प्रहरी कार्यालयमा मुद्दा भएकालाई प्रहरीले खोज्नु, कानुनको कठघरामा ल्याउनु सामान्य र नियमति प्रक्रिया हो’, सुवेदीले भने।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले चन्दा असुलीको आरोपमा पक्राउ परेका विश्वकर्मालाई चन्दा ऐनअन्तर्गत अनुसन्धान भइरहेको बताए। ‘उनलाई चन्दा ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ। बाँकी अनुसन्धानपछि थाहा हुनेछ’, उनले भने। विप्लव समूहका गतिविधिबाट नागरिकको दैनिक जीवनमा प्रतिकूल असर परेको प्रहरी दाबी छ। नागरिकबाट