विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने



बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको राजनीतिमा आउने हो भने सरकारसंग बातावरण मिलाउने जिम्मा आफुले लिने बताएका हुन् ।

शनिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले विप्लव समुहलाई हतियारको बाटो छोड्न र चुनाबी मैदानमा आउन आह्वान गरे । राम्रो कार्ययोजनाका साथ जनतामाँझ आउन नेता नेपालले सुझाव दिएका हुन ।

‘सिङ्गो देश नै कम्युनिष्टमय भइरहेको बेलामा कम्युनिष्टकै आपसी लडाइँ राम्रो हुँदैन’, विप्लवलाई शन्तिपुर्ण राजनीतिमा आउन आग्रह गर्दै नेपालले भन्नुभयो, ‘विप्लव समूह शान्ति प्रक्रियाको राजनीतिमा आएको खण्डमा नेकपामा समाहित भई अगाडि बढ्ने वातावरण सिर्जना गर्न म तयार छु ।

‘सरकारले ल्याएको मिडिया विधेयकले सरकार–पत्रकारबीच द्वन्द्व निम्त्याएको छ’, संसदमा पेश भएको मिडिया विधेयककाे प्रसंगमा नेपालले भन्नुभयो, ‘विज्ञसँगको आपसी छलफलबाट विधेयक ल्याउनु पर्ने थियो तर पनि संशोधन गर्न सकिने भएकाले त्यसतर्फ सरकार लचिलो हुन आवश्यक छ ।’