विप्लव समुहले भन्यो : वार्ताको औचित्य छैन - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

विप्लव समुहले भन्यो : वार्ताको औचित्य छैन



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का पूर्वी इन्चार्ज अनिल शर्मा विरहीले पार्टी वार्ता विरोधी नभएको स्पष्ट पार्दै हाल भने वार्ताको सन्दर्भ र औचित्य नभएको जनाएका छन्।

वार्ताको लागि आफ्नो नाम जोडेर नेकपा नेतृत्वलाई दबाब दिएको भनि भ्रमपूर्ण समाचार आएको प्रति आपत्ति जनाएका छन्।

पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको जनाउँदै शर्माले समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छन्।

शर्माले विज्ञप्तीमा सैद्धान्तिक रुपमा नेकपा वार्ता विरोधी नभएको जनाएका छन्।