बिप्लवका नेता कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बिप्लवका नेता कार्यकर्ता पक्राउ



बिर्तामोड : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुवास खड्काले बताए ।

राई र खतिवडालाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रमुख खड्काले जानकारी दिए ।