विप्लव भन्दा प्रकाण्ड शक्तिशाली : पार्टी भित्रै युद्ध - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विप्लव भन्दा प्रकाण्ड शक्तिशाली : पार्टी भित्रै युद्ध



काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’।

ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका उनी अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन्।

पार्टीभित्र उनको यस्तो पकड छ कि महासचिव चन्दसमेत गुमराहमा परेका छन्।

जसकारण पाटीृमा असन्तुष्टि चुलिँदै गएको छ। भ्रातृ संगठनहरूमा विश्वकर्माको पकड छ। यो खबर आजको कान्तिपुरमा दीपेन्द्र विष्टले लेखेका छन्। ।

उनले मुख्य नेतृत्वलाई गुमराहमा राखेर एकलौटी ढंगले पार्टीका गतिविधि चलाएको र फरक मत राख्नेलाई सफायाको नीति लिएको एक पोलिटब्युरो सदस्यले बताए।

‘नेतृत्वलाई गुमराहमा राखेर जुनसुकै संगठनलाई भताभुंग बनाएको छन्,’ ती सदस्यले भने, ‘जसले उहाँ (विश्वकर्मा) बोल्ने आँट गर्छ वा फरक मत राख्छ, या त पार्टी छाड्न बाध्य हुनुपर्छ या कारबाही भोग्नुपर्छ।’

तीन साताअघि विश्वकर्माले पार्टीभित्र पर्याप्त छलफल नगरी राजधानीमा विस्फोटको योजना बनाउँदा क्षति बेहोर्नुपरेको भन्दै अहिले चन्द समूहमा असन्तुष्टि चुलिएको छ।