विप्लव आतंककारी नभएको पौडेलको तर्क - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

विप्लव आतंककारी नभएको पौडेलको तर्क



काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

नेपाली काङ्ग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सिके राउतसँग नराम्ररी चुकेको बताए ।

उनले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आग्रह गरे ।

सो अवसरमा पार्टी नेताहरु डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । रासस