प्रधानमन्त्री ओलीले विप्लवलाई दिए अफर
प्रधानमन्त्री ओलीले विप्लव समुहलाई अफर दिएको बताएका छन् । समयमै आए हिसाब किताब नखोजिने बताएका छन् ।
ओलीले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको पनि कार्यक्रममा बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नं प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठिको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
‘कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन’, प्रधानमन्त्रीले भने, ‘अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभइ जनतालाई शक्तिशाली बनाउन खोजिएको हो । एकथरी मान्छेले यतिकै हल्ला चलाएका छन् ।’
प्रधानमन्त्री ओलीले विप्लव समुहलाई हतियार सरकारलाई बुझाउन चेतावनी दिएका छन् । अहिले नै हतियार सरकारलाई बुझाउदा कहाँबाट कसरी ल्याइयो भनेर सोधीखोजी नगरिने र समयमै हतियार बुझाएरु मौकाको फाइदा उठाउन पनि सचेत गराएका छन् ।
‘विप्लव समुहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधीखोजी नगरौंला । अटेर गरेर मान्छे मार्दै,चन्दा असुल्दै हिड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ’, र हिसाव किताब ओअनी खोजिन्छ, उनले भने ।