बन्दको पूर्वसन्ध्यामा बालुवाटारबाटै विप्लवका नेता पक्राउ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

बन्दको पूर्वसन्ध्यामा बालुवाटारबाटै विप्लवका नेता पक्राउ



काठमाडौं- बालुवाटारबाटै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता पक्राउ परेका छन् । विप्लव समुहका नेता नरबहादुर कार्की पक्राउ परेको बताइएको छ ।

कार्की विप्लव समुहको अन्तरास्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रिय सदस्य रहेको बुझिएको छ । सोमबार उनलाई बालुवाटारस्थित एक रेस्टुरेन्टबाटै उनलाई पक्राउ गरिएको हो ।

विप्लव नेतृत्वले आह्वान गरेको असार १० गतेको पूर्वसन्ध्यामा कार्कीलाई पक्राउ गरिएको हो। पक्राउ परेका कार्कीबाट कुनै पनि संकास्पद वस्तु फेला नपरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्।

कार्की नायिका रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता हुन्। कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।