विप्लवका नेताले गरे आत्मसमर्पण - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

विप्लवका नेताले गरे आत्मसमर्पण



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा सोमबार आत्मसमर्पण गरेका छन् । ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञ प्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ समक्ष प्रतिबन्धित पार्टीको कुनै पनि भूमिका नरहने उल्लेख गर्दे उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता नरहेको भनि जिल्ला प्रशासन कार्यालयको लेटरप्याडमा सापकोटाले हस्ताक्षर गरेका छन् ।

नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य सापकोटाले आत्मसमर्पण गरेको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।